ज्लाटानको दुई गोल, मिलान विजयी

1 min read

इटालीको सेरिआ फुटबलमा एसि मिलानले सानदार जित निकालेको छ। मिलानले गय राती सम्पन्न खेलमा न्यापोली माथि ३-१ गोलको जित हात पारेको हो।

न्यापोलीको घरेलु मैदानमा सम्पन्न खेलमा सुरुवाती अग्रता भने मिलानले बनाएको थियो। खेलको २०अौं मिनेटमा थियो हर्नान्डेजको क्रसमा बक्स नजिकैबाट उत्कृष्ट हेडिङ गोल गर्दै ज्लाटान इब्राहिमोभिचले मिलानलाई अग्रतामा ल्याएका थिए।

यस् गोलको मद्दतमा मिलान पहिलो हाफमा १-० गोलले अघि रह्यो।

इन्टर मिलानको रोमान्चक कम ब्याक जित

दोस्रो हाफमा ५४अौं मिनेटमा इब्रालेनै व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले नेपल्समा दुई गोलको अग्रता बनायो। यसपटक इब्राले आन्टे रेबिचको क्रसमा ट्याओ इन गोल गरेका थिए।

६३अौं मिनेटमा घरेलु टिमले एक गोल फर्कायो। घरेलु टिमका लागि ड्रिस मर्टिन्सले गोल गर्दै खेललाई १-१ गोलको स्थितिमा पुर्‍याए। तर ६५अौं मिनेटमा टियमोयु बकायोकोले दोहोरो पहेँलो कार्ड पाएपछि घरेलु टिम दस खेलाडीमा समेटियो।

खेलको अन्तिम मिनेटमा मिलानका नयाँ खेलाडी जेन्स पिटर हजले पहिलो सेरिआ गोल गरेपछि मिलानले खेलमा ३-१ गोलको महत्त्वपूर्ण जित हात पार्‍यो।

जर्सी जित्न चाहानु हुन्छ भने हाम्रो युट्युब चयानल सस्क्राईब गर्नस्

यस् जितसँगै एसि मिलान शिर्ष स्थानमा फर्किएको छ। मिलानको खातामा ८ खेलबाट २० अंक रहेको छ। यता समान ८ खेलबाट १४ अंक बटुलेको न्यापोली तालिकाको छैटौं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.