जोटा र फिर्मिनोको गोलमा लिभरपुलको जित
1 min read
इङ्गल्यान्डको प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सानदार जित निकालेको छ।
चोटका कारण ६ जना नियमित खेल्ने खेलाडी उपलब्ध नभएको अवस्थामा पनि लिभरपुलले लेस्टर सिटि माथि ३-० गोलको सहज जित निकालेको हो।
घरेलु मैदानमा जोनि एभान्सको आत्मघाती गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता बनायो। २१अौं मिनेटमा जेम्स मिल्नरको कर्नर क्लियर गर्ने क्रममा एभान्सले आत्मघाती गोल गरेका थिए।
यस्तै ४१अौं मिनेटमा एन्ड्रु रोवर्टसनको क्रसमा सुन्दर हेडिङ गोल गर्दै डिएगो जोटाले साविक विजेता को अग्रता दोब्बर बनाए। उनको गोलको मद्दतमा रेड्सले पहिलो हाफमा दुई गोलको अग्रता बनायो।
पहिलो हाफमा दुई गोल गरेको रेड्सले ८६अौं मिनेटमा तेस्रो गोल गर्यो। मिल्नरको कर्नरमा उत्कृष्ट हेडर गरेका रोवर्टो फिर्मिनोले रेड्सलाई ३-० गोलको जित दिलाए।
यस् जितसँगै दोस्रो स्थानको लिभरपुलले शिर्ष स्थानको टोट्न्हमसँग अंक बराबरी गरेको छ। हालसम्म ९ खेल खेलेको लिभरपुलको खातामा २० अंक रहेकोे छ।
यता समान ९ खेलबाट १८ अंक बटुलेको लेस्टर तालिकाको चौथो स्थानमा रहेको छ।