रोनाल्डोको उत्कृष्ट प्रदर्शन जारी, युभेन्टस २-० गोलले विजयी

1 min read

इटालीको सेरिआ फुटबलमा साविक विजेता युभेन्टसले सहज जित हात पारेको छ। युभेले गय राती घरेलु मैदानमा काग्लियारी माथि २-० गोलको सहज जित हात पारेको हो।

खेलको ३८अौं र ४२अौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै युभेलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन् सकेन। खेलमा युभेलेनै पकड बनाएको थियो। युभेको पक्षमा ६६% बल पोसेसन रहेको थियो।

खेलमा मात्र ३४% बल पोसेसन आफ्नो पक्षमा पार्न सफल अवे टिम काग्लियारीको अग्रपंक्तिले युभेका रक्षापंक्ति विरुद्ध कुनैपनि खतरा सिर्जना गर्न सकेन।

यस् जितसँगै ८ खेलबाट १६ अंक बटुलेको युभेन्टस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। युभेन्टस एक खेल कम खेल्दै शिर्ष स्थानमा रहेको एसि मिलान भन्दा मात्र १ अंक पछि रहेको छ।

यता समान ८ खेलबाट १० अंक बटुलेको काग्लियारी तालिकाको ११अौं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.