रियल र भिल्ला रियल बिच बराबरी

1 min read

स्पेनिस ‘ला लिगा’ का साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

मारीयानो डियाजले खेलको दोस्रो मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ड्यानियल कार्बाहालको थ्रु बलमा हेड गर्दै गोल मा परिणत गरेको थियो।

तर, खेलको ७६ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

न्युकासल माथि चेल्सीको जित

रियलका गोलकिपर थिबाउट कोर्टुवाले आफ्नो डिबक्स भित्र स्यामुएललाई फाउल गर्दै लडाएपछि भिल्लाले पेनाल्टी पाएको थियो । जसमा मोरेनोले सहजै गोल गरे ।

रियलले ८ खेलमा १६ अंक जोडेको छ भने भिल्लाले ९ खेलमा १८ अंक जोडेको छ ।

लेभान्टेले इल्चेसँग १-१ गोलको बराबरी र ओसासुना र ह्युईस्का पनि १-१ को बराबरी नै खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.