बायर्न म्युनिख र वेर्डर ब्रेमेन बिच बराबरी

1 min read

जर्मन बुन्डेसलिगा जायन्त बायर्न म्युनिखलाई वेर्डर ब्रेमेनले बराबरीमा रोकिएको छ ।शनिबार राति बायर्नको घरेलु मैदानमा भएको उक्त खेलमा वेर्डर ब्रेमनले ब्रेमेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफको इन्जुरी समयमा म्याक्सिमिलियन अगस्टाईनले गोल गर्दै ब्रेमनलाई अग्रता दिलाएका थिए । जोस सार्जेन्टको लो क्रसमा पासलाई म्याक्सिमिलियन अगस्टाईनसे फार पोस्टमा प्रहार गरेको बल नोयरले बचाउन नसक्दा गोल हुन पुगेको थियो ।

रियल र भिल्ला रियल बिच बराबरी

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै किंग्सले कोम्यानले दोस्रो हाफको ६२ औं मिनेटमा गोल गरी बराबरी गरेको थियो।

लियोन गोरेतेज्काको करिब २३ यार्ड बाट डी-बक्समा पासमा किंग्सले कोम्यानले हेड गर्दै गोलमा परिणत गरेको थियो।

घरेलु मैदानमा बराबरीमा रोकिएपनि बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।

बायर्नले ८ खेलमा १९ अंक जोडेको छ ।ब्रेमन ११ अंक जोडेर तालिकाको ९औं स्थानमा रहेको छ ।

अर्को खेलमा वोल्फ्सबर्गले साल्केलाई २-० ले हराएको छ ।होफेनहाइमले स्टुटगार्डसँग ३-३ गोलको बराबरी खेल्दा बोरुसिया मुन्छेनग्लाडबाखले आउग्सबर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.