डिएगो सिमिओनीले पहिलो पटक बार्सिलोनालाई पराजित गरे

1 min read

स्पेनिस शिर्ष लिग लालिगामा एटलेटिको म्याड्रिड र बार्सिलोना बिच भएको निकै नै रोमनचक खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १-० गोलले पराजित गरेको छ। घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा स्पेनिस ला लिगामा २०/२१मा एटलेटिको म्याड्रिडले आफ्नो अपराजित यात्रा कायम राख्दै १० वर्षपछि डिएगो सिमिओनीलको टीमले पहिलो पटक बार्सिलोनालाई पराजित गरेका हुन्।

यानिक करास्को पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्ता दिलाए। यानिक करास्कोले गोलकिपर टेर स्टेगन डि बक्स बाहिर आफुलाई रोक्न आएको बेला बिट गर्दै करिब ४० यार्डको दुरीबाट प्रहार गरी गोल गरेका थिए । सन् २०१० पछि एटलेटिकोले पहिलो पटक बार्सिलोनालाई पराजित गरेका हुन् ।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै खेल गोलरहित राखे ।

१३ औं मिनेटमा लिओनेल मेस्सीको चिप प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा खेल बराबरीमा नै रहयो ।

रियल र भिल्ला रियल बिच बराबरी

४० औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले अग्रता दिलाउने अर्को अवसर चुकाए । जोर्डी अल्बाले डिफेन्स लाइनलाई बिट गर्दै निकालेको पासमा मेस्सीले वन भर्सेस वनमा फितलो प्रहार गरेपछि गोलरक्षक जान ओब्लाकले सहज बचाउ गरे ।

दोस्रो हाफको ५७ औं मिनेटमा बार्सिलोनाले खेल बराबरी गर्ने अवसर गुमायो । मेस्सीको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका क्लेमेन्ट लेङलेटले हेडर प्रहार सिधै गोलरक्षक ओब्लाकको हातमा दिए । ६९ औं मिनेटमा फेलिक्सले लामो दुरीबाट गरेको परार पोस्टसम्म पुग्न सकेन ।

यस जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एटलेटिकोले ८ खेलमा २० अंक जोड्दा सोसिडाडले एक खेल बढी खेलेको छ । बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको दशौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.