डर्टमन्डको जितमा हालान्डको चार गोल

1 min read

जर्मनीको बुन्डेसलिगा फुटबलमा साविक उपविजेता बोरुसिया डर्टमन्डले सहज जित हात पारेको छ। डर्टमन्डले गय राती अवे खेलमा हेर्था बिएससी माथि ५-२ गोलको जित हात पारेको हो।

खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हेर्थाले बनायो। ३३अौं मिनेटमा डोडि लुकेबाकियोको पासमा म्याथिउज कुन्हाले करिब ३० यार्डबाट गरेको प्रहार उत्कृष्ट रुपमा गोलमा परिणत भएको थियो।

पहिलो हाफमा एक गोलले पछि परेको डर्टमन्डले दोस्रो हाफको दोस्रो मिनेटमै बराबरी गोल गर्‍यो। एम्रे च्यानको लो क्रसमा ट्यप इन गोल गर्दै इर्लिङ हालान्डले खेललाई १-१ गोलको स्थितिमा पुर्‍याए।

लगत्तै ४९अौं मिनेटमा हालान्डले खेलको व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमन्डले खेलमा पहिलोपटक अग्रता बनायो। यसपटक हालान्डले जुलियान ब्रान्ड्टको पासमा वान अन वानको स्थितिमा टाइट एङ्गल उत्कृष्ट फिनिस गरिदिएका थिए।

६२अौं मिनेटमा हालान्डले व्यक्तिगत ह्याटि्रक पूरा गरे। हेर्थाको डिफेन्समा भएको कमजोरको तालमेलको फाइदा उठाउँदै हालान्डले डर्टमन्डलाई दुई गोलको अग्रता दिलाए।

७०अौं मिनेटमा राफायल गेरेरोको गोलमार्फत डर्टमन्डले तीन गोलको अग्रता बनायो। तर ७९अौं मिनेटमा पेनाल्टी गोल गर्दै हेर्थाका म्याथिउज कुन्हाले खेललाई ४-२ गोलको स्थितिमा पुर्‍याए।

हेर्थाले दोस्रो गोल गरेको दुई मिनेट पनि नबित्दै हालान्डले डर्टमन्डको पाँचौ गोल तथा व्यक्तिगत चौथो गोल गरे। यसपटक उनले जेडन सान्चोको पासमा अर्को उत्कृष्ट फिनिसिङ गरेका थिए।

यस् जितसँगै लिग तालिकामा डर्टमन्डले ८ खेलबाट १८ अंक बटुलेको छ। दोस्रो स्थानमा रहेको डर्टमन्ड शिर्ष स्थानको बार्यन मुन्छेन भन्दा मात्र १ अंक पछि रहेको छ।

यता समान ८ खेलबाट ७ अंक बटुलेको हेर्था तालिकाको १३अौं स्थानमा रहेकोे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.