टोट्न्हमसँग सिटि स्तब्ध

1 min read

इङ्गल्यान्डको प्रिमियर लिग फुटबलमा नर्थ लन्डन क्लब टोट्न्हम हट्स्परसँग साविक उपविजेता म्यान्चेस्टर सिटि स्तब्ध बनेको छ।

घरेलु मैदानमा टोट्न्हमले आज सिटिमाथि २-० गोलको जित हात पारेको हो। घरेलु टिमको जितमा ह्युङ मीन सन र जियोभानी लोसेल्सोले समान एक एक गोल गरे।

टोट्न्हमले खेलको पाँचौ मिनेटमै अग्रता बनायो। मिडफिल्डर ट्याङ्गी एन्डोम्बेलेको लामो बलमा सनले आफ्नो नवौं प्रिमियर लिग गोल गरेपछि खेलमा घरेलु टिम १-० गोलले अघि रहेको थियो।

२८अौं मिनेटमा सिटिका आइमेरिक लापोर्टले गरेको गोल खेलका रेफ्रि माइक डिनले भिएआरको सहायता लिँदै रद्द गरिदिए। सो गोल हुने क्रममा ग्याब्रियल जिसुस विरुद्ध ह्यान्ड भएको थियो।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको टोट्न्हमले खेलको ६५अौं मिनेटमा खेलको दोस्रो गोल गर्‍यो।

टोट्न्हमका लागि यसपटक काउन्टरमा ह्यारी केनको पासमा एन्डोम्बेलेको स्थानमा मैदान प्रवेश गरेको ३५ सेकेन्डमै जियोभानी लोसेल्सोले गोल गरेका थिए। यस् गोल लोसेल्सोको पहिलो प्रिमियर लिग गोल समेत हो।

लोसेल्सोको गोलपछि खेलमा अन्य गोल हुन् सकेन।खेलमा कुल ६७% बल पोसेसन आफ्नो पक्षमा पारेतापनि टोट्न्हमको रक्षापंक्तिको सामु सिटिको अग्रपंक्ति फितलो नै सावित भयो।

यस् जितसँगै टोट्न्हम तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। हाल टोट्न्हमको खातामा ९ खेलबाट २० अंक रहेको छ। अब टोट्न्हम कम्तीमा भोलि रहेको लेस्टर सिटि र लिभरपुल बिचको खेल समाप्त नहुन्जेलसम्म तालिकाको शिर्ष स्थानमै रहनेछ।

यता ८ खेलबाट १२ अंक बटुलेको सिटि १२ अंकका साथ तालिकाको दसौं स्थानमा यथावत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.