न्युकासल माथि चेल्सीको जित

1 min read

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा न्युकासल युनाइटेड र चेल्सी बिच भएको खेलमा चेल्सीले न्युकासललाई २-० ले पराजित गरेका छन् ।

सेन्ट जेम्सेस पार्क न्युकासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले दुवै हाफमा एक एक गोल गर्दै २-० को जित दर्ता गरेको थियो । खेलको दशौं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । मेसन माउन्टले दायाँ विंगबाट दिएको क्रस क्लियर गर्न नसक्दा फेडेरिको फर्नान्डेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

टोट्न्हमसँग सिटि स्तब्ध

दोस्रो हाफको ६५ औं मिनेटमा ट्यामी अब्राहमले चेल्सीको अग्रता दोब्बर पारे । टिमो वेर्नरले अघि बढाएको काउन्टर अट्याकलाई अब्राहमले गोलले अन्त्य गरेका थिए । वेर्नरले पेनाल्टी क्षेत्रभित्र दिएको थ्रु बललाई इंग्ल्यान्डका युवा फरवार्डले वन भर्सेस वन स्थितिमा गोल गरेका थिए ।

यस जितसंगै चेल्सीको ९ खेलमा १८ अंक भएको छ। पराजित न्युकासल भने ११ अंक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.