रियललाई भिल्लारियलको चुनौती

1 min read

स्पेनको लालिगा फुटबलमा आज साविक विजेता रियल मड्रिड र भिल्लारियल बिच रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।

भिल्लारियलको रंगशाला, इस्टाडियो डे ला सेरामिकामा हुने यस् भिडन्त नेपाली समय अनुसार आज राती ९:०० बजेबाट सुरु हुनेछ।

तालिकामा चौथो स्थानको रियलले ८ खेलबाट ५ जित, १ बराबरी र २ हार बेहोर्दै १६ अंक बटुलेको छ।

अन्तर्राष्ट्रिय ब्रेकअघिको खेलमा भ्यालेन्सिया विरुद्ध ४-१ गोलको हार बेहोरेको रियल यस् खेलमा जित निकाल्दै लिगमा राम्रो पुनरागमन गर्न चाहन्छ।

यता भिल्लारियलले भने ९ खेल खेल्दै ५ जित, ३ बराबरी र १ हारका साथ १८ अंक बटुलेको छ। भिल्लारियल तालिकाको दोस्रो स्थानमा रहेको छ।

भिल्लारियल लालिगाका पछिल्ला ६ खेलमा अपराजित (4W D2) रहेको छ। भिल्लारियल आजको खेलमा पनि यस् उत्कृष्ट लयलाई लायम राख्ने लक्षसहित मैदान प्रवेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.