मोनाकोसंग पीएसजी पराजित ( हाईलाईट सहित)

1 min read

फ्रेन्च लिग वनमा मोनाको र पीएसजी बिच भएको खेलमा मोनाकोसंग पीएसजीले ३-२ को हार बेहोरेको छ र यो सिजनमा पीएसजीके तेस्रो हार हो ।मोनाकोको घरेलु मैदानमा भएको खेलमा मोनाकोको जितमा केभिन भोलान्डले दुई गोल र फाब्रीगासले एक गोल गरेका थिए र पीएसजीका लागि केलियन एम्बाप्पेले दुई गोल गरेका थिए ।

खेलको २५ औं मिनेटमा नै पाहुना टिम पीएसजीका लागि एम्बाप्पले एंगल डी मारियाको पासको सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ३७ औं मिनेटमा फेरी पीएसजीले पेनाल्टीको अवसर पायो । जसलाई एम्बाप्पेले नै गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे ।

ग्वार्डिओला २०२३ सम्म सिटिमै रहने

तर दोस्रो हाफ मोनाकोको पक्षमा खेल गयो । खेलको ५२ औं मिनेटमा होलान्डले गोल गर्दै अन्तर दुई एकमा पुर्याए ।होलान्डले गेल्सन मार्टिनस् ले प्रहार गरेको सट रोकेको बलमा फ्रि बल मा गोलगरेका थिए।त्यसपछि ६५ औं मिनेटमा फेरी उनैले फेब्रिगासको पासको सदुपयोगमा खेल बराबरीमा पुर्यायो ।

खेलको ८४ औं मिनेटमा पीएसजीका डियोलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । उनले डिबक्समा फल गरेपनि मोनाकोले पेनाल्टी पायो । जसलाई फाब्रिगास गोल गर्दै मोनाकोलाई तीन दुईको जित दिलाए ।

नेपाल स्पोर्टस् को युट्युब च्यानल सब्सक्राइब गर्नुहोस्

यो जितपछि मोनाकोले १० खेलमा १७ अंक बनाउँदै छैटौं स्थानमा छ भने पीएसजी अझैपनि शिर्ष स्थानमा कायमै छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.