टोट्न्हम र सिटि भिड्दै

1 min read

इङ्गल्यान्डको प्रिमियर लिग फुटबलमा आज टोट्न्हम हट्स्पर र म्यान्चेस्टर सिटि बिच रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।

टोट्न्हमको टोट्न्हम हट्स्पर रंगशालामा हुने यस् भिडन्त नेपाली समयअनुसार आज राती ११:१५ बजेबाट सुरु हुनेछ।

लिगमा टोट्न्हमले हालसम्म राम्रो प्रदर्शन गरिरहेको छ। तालिकाको दोस्रो स्थानको टोट्न्हमको खातामा ८ खेलबाट ५ जित, २ बराबरी र १ हारका साथ १७ अंक रहेको छ।

यस् खेलमा जित निकाले टोट्न्हम कम्तीमा भोलि (आइतबार) रहेका खेल समाप्त नहुन्जेलसम्म तालिकाको शिर्ष स्थानमा रहनेछ।

यता सिटिको भने यस् सिजन हालसम्म सामान्य प्रदर्शन रहेको छ। तालिकाको दसौं स्थानमा रहेको सिटिले ७ खेल खेल्दै ३ जित, ३ बराबरी र १ हारका साथ १२ अंक बटुलेको छ।

एक खेल कम खेलेको सिटि चौथो स्थानभन्दा मात्र चार अंक पछि रहेको छ। सिटिको लक्ष यस् खेलमा जित निकाल्दै राम्रो लयमा फर्कने नै हुनेछ।

सम्पूर्ण प्रतोयोगामा यी दुई टोली बिच भएका पछिल्ला पाँच खेलका नतिजा हेर्ने हो भने समान दुई-दुई खेलमा टोट्न्हम र सिटि विजयी बनेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.