एट्लेटिको र बार्सिलोना भिड्दै

1 min read

स्पेनको लालिगा फुटबलमा आज एट्लेटिको मड्रिड र बार्सिलोना बिच रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।

एट्लेटिकोको रंगशाला, वान्डा मेट्रोपोलीटानोमा हुने यस् भिडन्त नेपाली समयअनुसार रातीको १:४५ बजेबाट सुरु हुनेछ।

यस् सिजनमा हालसम्म एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लालिगामा हालसम्म अपराजित रहेको टोली पनि एट्लेटिको मात्रै हो।

एट्लेटिकोको खातामा ७ खेलबाट ५ जित र २ बराबरीका साथ १७ अंक रहेकोे छ। तालिकामा तेस्रो स्थानमा रहेको एट्लेटिको शिर्ष स्थानको रियल सोसिड्याड भन्दा २ खेल कम खेल्दै मात्र ३ अंक पछि रहेको छ।

त्यसैले यस् खेलमा जित निकाल्दै एट्लेटिको आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। तर सन् २०११ बाट एट्लेटिकोको व्यवस्थापन सम्हालिरहेका डिएगो सिमिओनेले लालिगामा हालसम्म बार्सामाथि जित निकाल्न सकेका छैनन्।

आजका खेलका लागि बार्साका पूर्व स्ट्राइकर लुइस स्वारेज उपलब्ध हुनेछैनन। हाल एट्लेटिकोका स्ट्राइकर उनलाई अन्तर्राष्ट्रिय ब्रेकका दौरान कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

स्वारेजसँगै एट्लेटिकोका डिफेन्डर स्टेफन स्याभिच तथा मिडफिल्डरहरु हेक्टर हेरेरा र लुकास टोरेराले पनि यस् खेल गुमाउने छन्।

यता बार्सिलोनाले भने हालसम्म संतोषजनक प्रदर्शन गर्न सकिरहेको छैन। तालिकाको आठौं स्थानमा रहेको बार्साले समान ७ खेलबाट ३ जित, २ बराबरी र २ हार बेहोर्दै ११ अंक बटुलेको छ।

अन्तर्राष्ट्रिय ब्रेकअघि रियल बेटिस विरुद्ध ५-२ गोलको सानदार जित निकालेको बार्सिलोनाका आजको खेलमा पनि विजयी बन्ने लक्ष हुनेछ।

यस् खेलका लागि बार्साका मिडफिल्डर सर्जियो बुस्केट्स र युवा विङ्गर अन्सु फाटी उपलब्ध नहुने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.