बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २२ खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षण पुन: सुचारु गर्न २३ खेलाडी र प्रशिक्षकलाई बोलाएको छ।

क्यानले आज आफ्नो सामाजिक सञ्जाल मार्फत आगामी मङ्सिर १० गतेबाट सुरु गर्ने प्रशिक्षणका लागि २३ सदस्यीय राष्ट्रिय टिमलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

क्यानले प्रशिक्षण सुरु गर्नुअघि मङ्सिर ८ गते सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको कोरोना परिक्षण गर्नेछ। र कोरोना रिपोर्ट नेगेटिभ आउनेलाई मात्रै प्रशिक्षणमा समावेश गर्नेछ। 

क्यानले बन्द प्रशिक्षणमा बोलाएका २२ खेलाडी :

ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी,  पारस खड्का, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो।

क्यानले प्रशिक्षणमा बोलाएका प्रशिक्षक: जगत टमटा

नेपालले पछिल्लोपटक इस्टर्न रिजन छनोटको लागि गत बर्षको माघमा १८ खेलाडी समावेश गरि बन्द प्रशिक्षण गरेको थियो। जसमा पर्न असफल सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्।

तर सो प्रशिक्षणमा पर्न सफल शेर मल्ल र लोकेश बमले भने अब हुने प्रशिक्षणमा स्थान बनाएका छैनन्। नेपालले पछिल्लो पटक गत बर्षको फागुनमा थाईल्यान्डमा इस्टर्न रिजन छनोट खेलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.