“बार्सिलोनामा सबथोकको समस्या बन्दा बन्दा म थाकिसकेँ” मेस्सी

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफू क्लबको सबथोकको समस्या बन्दा बन्दा थाकिसकेको जनाएका छन्।

अन्तर्राष्ट्रिय ब्रेकमा अर्जेन्टिनाबाट दुई खेल खेलेपछि बार्सिलोना फर्किएका मेस्सीले एअरपोर्टमा उपस्थित पत्रकारहरुलाई सो अभिव्यक्ति दिएका हुन्।

केहि दिन अघि बार्साका अर्का खेलाडी एन्टोइन ग्रिजमनका पूर्व एजेन्ट एरिक ओल्हाट्सले ग्रिजमन बार्सामा अभ्यस्त नहुनुमा मेस्सी जिम्मेवार रहेको अभिव्यक्ति दिएका थिए।

फ्रान्स फुटबलसँगको अन्तरक्रियामा ओल्हाट्सले बार्सिलोना मेस्सीले नियन्त्रण गर्ने र ग्रिजमनको बार्सामा अनुबन्ध मेस्सीले मन नपराएकाले ग्रिजमनलाई बार्सामा अभ्यस्त हुन् समस्या भएको आरोप लगाएका थिए।

सोहि आरोपको खण्डन गर्दै मेस्सीले बार्सिलोना एअरपोर्टमा आफू क्लबको समस्या बन्दा बन्दा थाकिसकेको बताएको धेरैले अनुमान गरेका छन्।

मेस्सीको यस् अभिव्यक्तिले उनले क्लबमा एक्लो महशुस गरेको अनुमान गर्न सकिन्छ। केहि समय देखि क्लब र मेस्सीको सम्बन्ध चिसिँदै गएको छ।

यस् सिजनअघि मेस्सीले क्लबमा रहन नचाहेको खुलाएका थिए। अन्तिम स्थितिमा मात्र उनले क्लबमा रहने निर्णय गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.