बङ्गलादेशसँगको मैत्रीपूर्ण सिरिजपछि नेपाल स्वदेश फिर्ता

1 min read

बङ्गलादेशसँगको मैत्रीपूर्ण सिरिजपछि नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ। राष्ट्रिय टिम आज (बिहिवार) हिमालयन एयरलाइन्सको जहाजमा स्वदेश फर्किएको हो।

सिरिज खेल्न जाँदा २५ खेलाडी र १२ अफिसियल गरि कुल ३६ जना बङ्गलादेश उडेका थिए तर फर्कँदा भने २४ खेलाडी र ११ जना अफिसियल गरि ३५ जना फर्किएका छन्।

बङ्गलादेश गएका एक अफिसियललाई कोरोना संक्रमण पुष्टि भएकाले उनी त्यहीँ आइसोलेसनमा बसेका छन्। उनी राष्ट्रिय टिमका टिम म्यानेजर मधु सुदन उपाध्याय हुन।

त्यसैगरी राष्ट्रिय टिमका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ आफ्नो क्लब पञ्जाबबाट आइ लिग खेल्न कोलकाता प्रस्थान गरेका छन्।

नेपालले बङ्गलादेश विरुद्धको सिरिज अन्तर्गत एक खेलमा २-० गोलको हार र एक खेलमा गोलविहिन बराबरी खेलेको थियो।

सो सिरिजबाट ६ नेपाली खेलाडीहरु- बिकास खवास, एरिक बिष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटो र सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टिमबाट डेब्यु गरे।

अब राष्ट्रिय टिमका सदस्य केहि दिन एन्फा होस्टेल, सातदोबाटोमा बस्नेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.