ग्वार्डिओला २०२३ सम्म सिटिमै रहने

पेप ग्वार्डिओलाले २०२३ को समरसम्म म्यान्चेस्टर सिटिमा रहने गरि नयाँ सम्झौता गरेका छन्।

ग्वार्डिओलाको यसअघिको सम्झौता यसै सिजन समाप्त हुने थियो। तर आज उनले थप २ बर्षका लागि सम्झौता नविकरण गरेको म्यान्चेस्टर सिटिले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ।

सन् २०१६ मा जर्मन जायन्ट बार्यन म्युनिखबाट सिटिमा अनुबन्ध भएका पेपले ४ बर्षमा २ प्रिमियर लिग, १ एफए कप र ३ लिग कप उचालेका छन्।

नयाँ सम्झौता गरेपछि पेपले आफूलाई क्लब, समर्थक, कर्मचारी र शहरले सदैव स्वागत गरेको महशुस गरेको बताएका छन्।

सम्पूर्णबाट यस् प्रकारको साथ पाउनु एउटा प्रशिक्षकका लागि सबैभन्दा खुशीको कुरा रहेकोे पेपले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.