क्रिकेट न्युज: एनपीएल भारतीय कम्पनीलाई बेच्ने प्रस्ताव

1 min read

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) भारतीय कम्पनी सेभेन- ३ स्पोर्ट्स प्रा.लि लाई बेच्ने प्रस्ताव राखेको छ।

क्यानले हिजो (बुधबार) आफ्नो साधारण सभामा एनपीएल भारतीय कम्पनी सेभेन–३ स्पोर्टस प्रा.लीलाई १० वर्षका लागि ४० करोड रुपैयाँमा बेच्ने प्रस्ताव गरिएको थियो।

साधारण सभामा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा बारा जिल्लाका प्रतिनिधिको पवनकुमार अग्रवालले एनपीएल आयोजना भारतीय कम्पनीलाई दिने प्रस्ताव भएको जानकारी दिएपछि साधारण सभामै केहि प्रतिनिधिहरुले विरोध जनाएका थिए।

पूर्वकप्तान पवनले नै यस् प्रस्तावको विरोध गरे। उनले घाटा नाफा जे भएतापनि एनपीएल क्यानलेनै आयोजना गर्नुपर्ने विचार प्रस्तुत गरे।

पवनसँगै राष्ट्रिय टिमका पूर्व खेलाडी तथा क्रिकेट प्रशिक्षक समेत रहेका राजु बस्नेतले समेत यस् प्रस्तावको विरोध गरेको छन्।

अहिलेका लागि २ करोड ठूलो रकम भएतापनि १० वर्षमा नेपाल क्रिकेट धेरैमाथि पुगिसक्ने र ठेक्कामै दिँदा पनि टेण्डर गर्ने हो ४० को सट्टा ८० पनि आउनसक्ने प्रशिक्षक बस्नेत बताउँछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.