रोनाल्डिन्हो जेलबाट मुक्त

ब्राजिल तथा बार्सिलोनाका लेजेन्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छ्न। जाली पासपोर्ट बोकेर पाराग्वे पुगेका उनलाइ गत महिना पाराग्वेको एक होटेलबाट पक्राउ गरिएको थियो।

लगत्तै अदालतले पक्राउ परेका उनि र उनका दाइ रोबर्टोलाइ ६ महिनाको जेल सजाय सुनाएको थियो। तर उनीहरुलाई ३२ दिनमा नै जेलमुक्त गरिएको हो। उनीहरुले तारेखमा १.६ मिलियन तिरे जेलमा नबस्नुपर्ने थियो, तर रोनाल्डिन्हो सो प्रस्ताव अस्विकार गरेका थिए।

उनका वकिल एडोल्फो मारिनले जाली पासपोर्टका बारे रोनाल्डिन्होलाई केहि थाहा नभएको जनाएका थिए। उनले आफ्नो ४०अौँ जन्मदिन समेत जेलमै बिताएका थिए।

उनी दुई पटक “फिफा बेस्ट प्लेयर”, एक पटक “बलुन डि ओर” बिजेता, एक पटक च्याम्पियन्स लिग बिजेता र २००२ को बिश्वकप बिजेता समेत हुन।

1 thought on “रोनाल्डिन्हो जेलबाट मुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.