इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बट्लरको विश्वकपको जर्सी बिक्री

२०१९ विश्वकप बिजेता इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बट्लरले फाइनलमा लगाएको जर्सी मोटो रकममा बिक्री भएको छ। उनले फाइनलमा प्रयोग जर्सी ६४,००० पाउन्डमा बिक्री भएको हो।

अब उनको बिक्री भएको जर्सीबाट उठेको रकम इङ्ल्यान्डकै ब्राम्प्टन एन्ड हारेफिल्ड अस्पतालमा सहयोगको रुपमा जानेछ। उक्त अस्पताल कोरोना भाइरस विरुद्ध लड्ने क्रममा चाहिने सामग्री खरिद गर्नका लागि सहयोगको अपिल गरेको थियो।

८२ जनाको बोलि लागेक सो जर्सी अन्तत सर्वाधिक ६५ हजार १ सय पाउन्डमा बिक्री भएको थियो। उक्त लिलामी लर्ड्समा भएको थियो।

झन्डै ९८ लाख नेपाली पैसाको हाराहारीमा बिक्री भएको सो जर्सीमा विश्वकप २०१९ मा रहेका इङ्ल्यान्डका सबै खेलाडी र प्रशिक्षक समेतको सहि रहेको छ।

1 thought on “इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बट्लरको विश्वकपको जर्सी बिक्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.