ला लिगा अनिश्चित कालको लागि स्थगित

1 min read

स्पेनको शीर्ष डिभिजनको लिग ला लिगा अनिश्चित कालको लागि स्थगित गरिएको छ।

बिश्वब्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) ले स्पेनमा घातक रुप लिएपछि ला लिगा र रोयल स्प्यानिस फुटबल फेडेरेसनले सम्झौतामा लिगलाई अनिश्चित कालको लागि स्थगित गर्ने निधो गरेका हुन।

लिगका अध्यक्ष जेभियर टेभासले यस सिजनको ला लिग पूरा हुने जनाएतापनि स्पेनमा अहिले निकै आपतकालीन अवस्था रहेकाले लिग स्थगन गरिएको बताउँछन। उनले युरोपेली प्रतियोगिताहरु पनि समयमै समापन होलान भन्ने बिश्वास गरेका थिए।

अहिले स्पेनका सम्पुर्ण खेलकुद गतिविधिहरु ठप्प छन। अहिले स्पेनमा कोरोनाको कारण दुइ हजार बढी मानिसहरुको निधन भैसकेको छ। अब स्पेनको सरकारले लिगले मानवीय क्षती नहुने जनाएपछि मात्रै लिगको पुनरागमन हनेछ।

1 thought on “ला लिगा अनिश्चित कालको लागि स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.